मेलबर्नको नेपाली मन्दिरमा आज दिनभर तीजको उत्सव र पूजाअर्चना

मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा यस वर्षको तीजका विशेष गतिविधि दिनभर हुँदैछन् । तीजमा श्रीपशुपतिनाथको पूजा गरिन्छ भने ब्रत बसेर साँझ पूजा गर्ने चलन छ । यसै अन्तर्गत विहानैदेखि परिसरमा दर्शनार्थीहरु पुगेका छन् । मन्दिर परिसरमा सरसफाई गर्ने, दर्शनार्थीको चापलाई मध्यनजर गर्दै सहज रुपमा पूजाको व्यवस्था मिलाउने लगायतका काममा स्वयंसेवकहरु खटिएका छन्…