नेपालको सम्बृद्धिमा योगदान दिन अष्ट्रेलियाको नेपाली समूदायलाई नेता भट्टराईको अनुरोध

नेपालको सम्बृद्धिमा योगदान दिन अष्ट्रेलियाको नेपाली समूदायलाई नेता भट्टराईको अनुरोध


अष्ट्रेलिया । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले अष्ट्रेलियामा नेपालीले हासिल गरेको सफलतालाई देशको सम्बृद्धिसँग जोड्नुपर्ने बताएका छन् । ईस्वी सम्वतको नयाँ बर्ष २०२५ को उपल्यक्षमा प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाद्धारा आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रममा नेता भट्टराईले यस्तो धारणा राखेका हुन् । आफ्नो पारिवारिक भ्रमणको सिलसिलामा करिब तीन साता लामो भ्रमणमा रहेका उनले अष्ट्रेलिया आएको समुदायमा ठुलो संख्यामा आफ्नो विषयमा विज्ञता हासिल गरेका नेपालीहरु रहनु गौरवको विषय भएको बताए । उनले मातृभुमीलाई सम्पन्नताको बाटोमा हिडाउन अष्ट्रेलियामा रहेका नेपालीहरुको भुमीका महत्वपुर्ण हुने बताउदै, ठुलो संख्यामा रहेको बौद्धिक शक्तीले अब मातृभुमीको संबृद्धिको यात्रामा सहयोग पुर्याउन अनुरोध गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा पुर्व प्रदेश सभाका सांसद ईन्द्रलाल सापकोटाले अष्ट्रेलियामा रहेका नेपालीहरुको मातृभुमीका लागी केहि गर्नु पर्छ भन्ने सोच आफुले पाएको धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले नयाँ बर्षले नेपालीहरुको जिवनमा खुशी र समृध्दि ल्याउने अपेक्षा गर्दै शुभकामना दिएका थिए । उनले मञ्चका गतिविधि उपस्थितलाई जानकारी गराए ।

कार्यक्रममा एनएसडव्लु राज्यका लागि नेपाल सरकारका बाणिज्यदुत सञ्जीव शर्माले प्रवासीको रहेर मातृभूमिको संमृद्धिमा भुमीका खेल्न अनुरोध गरेका थिए ।

यसैगरी कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका उपाध्यक्ष डा. विनोद श्रेष्ठले एनआरएनले प्रवासमा रहेका नेपालीहरुले मातृभुमीमा थप सुरक्षीत लगानी गर्ने वातावरणका लागि क्रियाशिल रहेको बताएका थिए । कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषदका प्रवक्ता फडिन्द्र पन्त, एनआरएनए ओशियाना संयोजक दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली लगायतका वक्ताहरुले नयाँ बर्षको शुभकामना दिएका थिए ।