– विकास भुसाल
सिड्नी, अष्ट्रेलिया ।
थारू जातिको ठूलो चाड माघी /माघ/ तिला संकराईत/ खिचरा/ माघे सङ्क्रान्ति तथा थारू सम्बत २६४८ को शुभ अबसरमा थारू सोसाईटी सिडनी, अष्ट्रेलियाले आयोजना गरेको सिड्नीमा भव्य रुपमा सम्पन्न भएको छ ।
रकडेलमा आयोजित कार्यक्रममा थारू सांस्किृती झल्काउने नाच र गीत संगीतले उपस्थितलाई मनोरञ्जन दिएको थियो । कार्यक्रममा सहभागी हुन आएका अतिथीहरुले माघे सङ्क्रान्तिको शुभकामाना साटासाट गरेका थिए ।
कार्यक्रममा मुख्य आकर्षण गायिका अनु चौधरी बनिन् । उनका नेपाली र थारु गीतहरुमा उपस्थित दर्शकले मनोरञ्जन लिए । उनले चर्चित गीत लजालु मायालु लगायतका गीत गाउँदै उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन दिइन् ।
सोसाईटीका पब्लिक रिलेसन अफिसर अरुण आर्यन चौधरीका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा दाङ देउखुरीबाट शिवकुमार चौधरी उपस्थित थिए । यस्तै अतिथिको रुपमा न्यूसाउथवेल्सका लागि नेपाली वाणिज्यदूत सञ्जीवकुमार शर्मा सहभागी थिए ।
उक्त अवसरमा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलले यो मेला सांस्कृतिक कार्यक्रम मात्र नभएर एउटा पुस्ताबाट अर्को पुस्तामा आफ्नो रिती र सांस्कृतिक हस्तान्तरण गर्ने महत्तवपुर्ण प्रकृया भएको बताए । यसका साथै गुठी अष्ट्रेलियाका अध्यक्ष उमेश नापित, तमु समाज सिड्नी का अध्यक्ष हिउपति गुरुङ, थकाली सेवा समिति का अध्यक्ष दुर्गा गौचन, नेपाल तराई संघ अष्ट्रेलिया एन्टाका अध्यक्ष रञ्जित साह र शेर्पा संघ एनएसडब्ल्यूका अध्यक्ष आङ लामाका साथै अन्य सहभागीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया