होबार्ट, अष्ट्रेलिया ।
होबार्टमा ब्राईटन कलेजले सर्ट कोर्सहरुको सुरुवात गरेको छ । आफ्नो सेवा प्रारम्भको अवसरमा एक कार्यक्रम आयोजना गर्दै कलेजले सर्टिफिकेट, इन इन्डिभिजुअल सपोर्ट, फर्स्ट एड र सीपीआर, आरएसए, आरएसजी, मेडिकेशन ट्रेनिङ, र ह्वाइट कार्ड जस्ता कोर्सहरु विद्यार्थीले पढ्न सक्ने जानकारी गराएको हो । उक्त अवसरमा कलेजका सीईओ सुमन अधिकारीले कोर्सबारे जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित ५० जनाभन्दा बढी कन्सल्टेन्सी, कलेज लगायतका शैक्षिक क्षेत्रमा आबद्ध अतिथिहरुले ब्राईटले सुरुवात गरेको कोर्सले विद्यार्थीहरु लाभान्वित हुने धारणा राखेका थिए । कलेजले रोजगारीको आवश्यकतानुसार नयाँ कोर्सहरू सुरू गर्ने तयारी पनि गरेको जनाएको छ । यसले तस्मानियामा शिक्षा र रोजगारीको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने आशा गरिएको छ।
कार्यक्रममा अतिथिको रुपमा होबार्ट सिटी काउन्सिलका काउन्सिलर माईक दत्तालाई बोलाइएको भएपनि उनले शुभकामना सन्देश पठाएका थिए। जसमा ब्राइटन सर्ट कोर्सेसको भूमिका र यसले विद्यार्थीलाई व्यावसायिक सीपमा मद्दत गर्न महत्वपुर्ण भुमिका निर्बाह गर्ने अपेक्षा गरेको उल्लेख गरेका थिए ।
प्रतिक्रिया