माओवादीले विपक्षी दलहरुको बैठक बोलायो, चर्चामा सरकारको आयु

माओवादीले विपक्षी दलहरुको बैठक बोलायो, चर्चामा सरकारको आयु


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आज बोलाएको छ । केहीबेरमा सिंहदरबारमा हुन लागेको बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् ।

वर्तमान सरकारले जनप्रिय काम नगरेको भन्दै विपक्षी दलहरु मिलेर अघि बढ्ने रणनीतिमा छन् । यसका लागि कस्ता मुद्दा उठाउने भन्ने विषयमा बैठकमा छलफल हुने अपेक्षा छ ।

प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाले सरकारको आयु छोटिँदै गएको बताएका थिए । उनले सरकार आफ्नै कारणले ढल्ने भएका कारण धेरै जोड दिइरहनु नपर्ने पनि भनेका थिए । सरकारले गरेका गलत कामहरुको आलोचना गर्ने कार्य विपक्षीको दायित्व अन्तर्गतकै भएपनि विपक्षीहरुका आफ्नै आफ्नै एजेन्डाहरु छन् । मुख्यत माओवादी वर्तमान सरकार र मुख्यत एमाले अध्यक्षसँग रुष्ठ छ भने रास्वपा लगायतका पार्टीहरुको आफ्नैखाले एजेन्डा छ । आज हुने बैठकले सरकारको काम कारवाही र आर्थिक सुधारका सूचकहरुलाई अंकीत गर्दै प्रेस विज्ञप्ति जारी हुने अपेक्षा छ ।