सूचना तथा सञ्चार मन्त्रालयले नेपालमा टिकटक सञ्चालनमा लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णयको प्रस्ताव मन्त्रीपरिषद् सचिवालयमा पठाएको छ। बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठकमा पेस गर्नेगरि सो प्रस्ताव पठाइएको मन्त्रालयस्रोतले बतायो। प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रक्रिया अगाडि बढाउन मन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिए अनुसार उनले निर्णय गरेर प्रस्ताव मन्त्रिपरिषद् कार्यालय पठाएका हुन्। मन्त्रिपरिषद्ले निर्णयपछि…