ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ। ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा उपस्थित भएर राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएको हो। रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो। राष्ट्रपति…