‘कुलिङ पिरियड’ हेरफेर : राज्य व्यवस्था समितिका सभापतिले उत्तरदायी भूमिका निर्वाह गरेको देखिएन

‘कुलिङ पिरियड’ हेरफेर : राज्य व्यवस्था समितिका सभापतिले उत्तरदायी भूमिका निर्वाह गरेको देखिएन

पूरै प्रतिवेदन पढ्नुहोस् के छ निष्कर्श ?


काठमाडौं । संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । तर प्रतिवेदनमा यस घटनाको मुख्य जिम्मेवार को हो भन्ने खुलाउन भने सकेको छैन । प्रतिवे्दनमा राज्य व्यवस्था समितिको सभापतिका रुपमा यसको जिम्मा भने लिनुपर्ने भनेर नाम नतोकी राज्य व्यवस्था समितितर्फ औंला उठाइएको छ । यद्यपि सबै सांसदहरुले पनि हेर्दै नहेरी यो विधेयक पारित गरेका थिए ।

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठन गरिएको उक्त समितिले २९ दिन लगाएर सरोकारवालासँग छलफलपश्चात प्रतिवेदन तयार गरेको हो । यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो । समितिले ११६ पृष्ठको प्रतिवेदन तयार पारेको छ । गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।