दुर्गा प्रसाईंले भने, म राजावादी होइन राष्ट्रवादी !

दुर्गा प्रसाईंले भने, म राजावादी होइन राष्ट्रवादी !



काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा र राजावादीले धोका दिएको दावी गरेका छन् । सोमबार एक पत्रकार सम्मेलन गर्दै उनले राजावादीहरुले ३ सय मिटर पर बसेका प्रहरीलाई आक्रमण सुरु गरेको बताए । उनी पुग्दा सभास्थल कब्जा भइसकेको र रणभूमि बनेको उनले बताएका छन् । भागेर भारतमा लुक्न पुगेका दुर्गा प्रसाईंले अब नयाँ पार्टी खेलेर भुईमान्छेहरुको हितमा काम गर्ने पनि दावी गरेका छन् । आफ्नै घर झापामा पत्रकार सम्मेलन गरेका प्रसाईले नयाँ पार्टीको नाम र अन्य विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा राजावादी दल राप्रपाविरुद्ध उनी खनिएका थिए । राप्रपाका केही नेताले तत्कालै प्रतिक्रिया दिँदै उनी यसअघि राप्रपा समाप्त गर्नका लागि कसैले पठाइएका पात्र भएको पनि बताएका छन् । राजालाई आफुले नै चर्चाको विषय बनाएको भन्दै राजा पनि राष्ट्रवादी भएको उनको दावी थियो ।
उनले भने, “म राजावादी होइन, राष्ट्रवादी हुँ,’ उनले दोहोर्याएर भने, ‘शरीरमा राजाको ट्याटु खोपेका राजावादीले चैत १५ को आन्दोलन बिगारेका हुन् ।”

प्रसाईले भने, ‘रामचन्द्रले पनि सीता लिन जाँदा आफैं धनुकाँढ बोकेर जानुभएको हो । राजाको भूमिका कस्तो रहन्छ, त्यो उहाँको कुरा हो, मेरो कुरा होइन । राजा आइदिनुभयो भने उत्तम हो । आइदिनु भएन भने पनि उत्तमै मानेर जानुपर्छ ।’

प्रसाईंको अभिव्यक्तिका केही अंश:

मलाई राजनीतिमा जबरजस्ति ल्याइएको हो । म राजनीति गर्ने मान्छे होइन । तर, दलहरुले देश बिगारेपछि म अघि सर्नै पर्ने भयो । पार्टी खोल्नै पर्ने भयो ।

रामचन्द्रले पनि सीता लिन जाँदा आफैं धनुकाँढ बोकेर जानुभएको हो । राजाको भूमिका कस्तो रहँछ उहाँको कुरा हो, मेरो कुरा होइन । म एजेन्डामा जान्छु । राजा आइदिनुभयो भने उत्तम हो । आइदिनुभएन भने पनि उत्तमै मानेर जानुपर्छ । म जनतामा जाने आन्दोलन गर्छु । यही तरिकाले जेलै बस्नुपर्ने, लडेको लड्यै जिन्दगी जाने भएपछि दल खोलेर आउनुपरेको हो ।

मैले राजालाई भेट्दा पनि भनेको हो । सरकार, हिजो तपाईंलाई फ्याक्न सैनिक हिरासत बसेँ । अब तपाईंलाई ल्याउन पनि तयारै हो । यसको मतलब मैले राजा छोडेको वा राजा समातेको भन्ने होइन । राजा र देउता आफ्नो ठाउँमा छन् । भरतले खराउ राखेर देश चलाएको इतिहास छ नि त, हो कि होइन ?

म थाकेको छैन कुरा बुझ्नुभएन ? फेरि पनि व्यवस्थाविरोधि आन्दोलन हुन्छ । यही व्यवस्थामा बसेर आन्दोलन हुन्छ । घरमै बसेर पनि छोराहरुले बाउसँग विद्रो हगरेका छन् नि ।

राप्रपा र ममा धेरै फरक छ । राप्रपाले जनतासम्म गएर के गर्यो रु मेरो त राजनीतिक भन्दा पनि आर्थिक मुद्दा हो । म हिजो पनि राजावादी होइन । भोलि पनि होइन ।

यो जम्मै १५ गतेको आन्दोलन कसले बिगारेको तपाईंंलाई थाहा छ रु राजावादीहरुले हो । बुझ्नुभो रु राजावादी एमाले र माओवादीले मिलेर बिगारेको हो । म त राष्ट्रवादी हो । राष्ट्र र नागरिकको माया गर्ने मान्छे हो । राजा पनि राजावादी होइन, राष्ट्रवादी हो ।

तपाईंंलाई म के भन्छु भने, ०७९ साल फागुन १ गतेभन्दा उता त चुनाव आएपछि धामीले ढ्याङ्ग्रो निकालेजस्तो राजा र धर्मलाई प्रयोग गरेका हुन् । मैले ७९ साल फागुन १ देखि चैत १५ सम्म आउँदा सर्वहारादेखि महलसम्म राजाको चर्चा बनाइदिएको थिएँ । हो कि होइन ? राजावादीहरूले यो गरेका होइनन् ।

तीनकुने आन्दोलनमा राजाको ट्याटु खोपेका मानिसहरु थिए । उनीहरुले तीन सय मिटर पर रहेका पुलिसका अगाडि गएर पहिल्यै गएर लडाईं गरे । किन गर्नु लडाईं । आन्दोलनै बिगारेको राजावादीले हो र राप्रपाले हो । आन्दोलन सिध्याउन खोजेको राजावादी र राप्रपाले हो । म राजावादी पनि होइन, राप्रपा पनि होइन । कुरा बुझ्नुभो के ? यो ओपन भन्देको छु ।

अर्को कुरा, संयुक्त आन्दोलन समिति भन्ने थियो राजसंस्था पुनस्र्थापना गर्न खुलेको । म १२ बजेर ३१ मिनेटमा तीनकुने पुगेँ, धवलशमशेर र रविन्द्र मिश्र ११ बजे नै गएर मञ्चमा आसन ग्रहण गरिसकेका थिए । खुस्बु ओलीहरु भाषण गरिरहेका थिए ।

म पुगेकै छैन, स्टेज कुरुक्षेत्र भइसकेको थियो । आन्दोलन भड्काउने उहाँहरु हो । लास्टमा ‘हामी त पाहुना गएको, सबै दुर्गा प्रर्सांले गरेका हुन्’ भनेर पोल लगाउने मान्छेसँग मिलेर राजनीति हुन्छ रु मान्छे मर्दैन ? थुनिँदाखेरि मैले धवलशमशेर, रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन सबैको लुर हेरेको छु ।