प्रधानमन्त्री कप : रोहित पौडेलको कप्तानीमा रहेको एपीएफको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एफीएफले लगातार दोस्रो जित निकालेको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो। यसअघि पहिलो खेलमा एपीएफले बागमति प्रदेशलाई ८९ रनले हराएको थियो। प्रतिकुल मौसमका कारण ४७ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको…