न्यूयोर्क ।
अमेरिकी गायिका टेलर स्वीफ्टको न्यूयोर्कस्थित निवासमा उनलाई ‘उत्पीडन’ र ‘पिछा’ गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। गायिका स्वीफ्टले प्रहरीमा ‘भावनात्मक रुपमा विचलित पुरुषले अमर्यादित व्यवहार गरेको’ भन्दै उजुरी दिएपछि प्रहरीले सिएटलका ३३ वर्षे डेभिड क्रोवेलाई पक्राउ गरेको हो।
प्रहरीले डेभिडलाई ‘उत्पीडन’ र ‘पिछा’ गरी दुई मुद्धा दर्ता गराएको छ। यो घटना स्वीफ्टको घर तोडफोडको प्रयास भएपछि सार्वजनिक भएको हो। घर तोडफोड हुँदा गायिका प्रेमी एनएफएल खेलाडी ट्राभिस केल्सलाई समर्थन गर्न गएकी थिइन्। ट्राभिसको टिमले कान्सास सिटीका प्रमुखहरुसँग बफेल्लो बिल्स खेलेको थियो।
पक्राउ परेका व्यक्तिले उत्पीडन वा पिछा गरेको हो कि होइन भन्ने प्रहरीले पुष्टि गरेको छैन। स्वीफ्टको न्यूयोर्कमा रहेको घर र क्यालिफोर्निया तथा रोड आइसल्याण्डमा आफ्नो स्वामित्वमा रहेको घर अज्ञात व्यक्तिको निशानामा परिरहेको छ।
सन् २०२२ मा ‘ग्रामी अवार्ड’ विजेता गायिकाको न्यूयोर्कस्थित घरमा मदिरापान गरेर गाडी चलाएको र घर भित्र प्रवेश गर्न खोजेको आरोपमाीले पक्राउ गरेको थियो। त्यस्तै रोजर अल्भाराडो नामका एक व्यक्ति स्वीफ्टको घरभित्र प्रवेश गरेर खाटमा सुतिरहेको अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्रेर ६ महिना जेल चलान गरेको थियो।
प्रतिक्रिया