मुम्बई ।
बलिउड अभिनेता सैफअली खान कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पताल भर्ना भएका हुन्। उनका साथ अभिनेत्री पत्नी करीना कपूर खान पनि उपस्थित छिन्। उनको घुँडा र काँधमा फ्याक्चर भएको छ। जसकारण उनलाई सोमबार बिहानै अस्पताल भर्ना गरिएको हो ।
यद्यपि उनको चोटको वास्तविक कारण खुलेको छैन। कतातिरको काँधमा फ्याक्चर भएको हो भन्ने खुलेको छैन ।सैफ घाइते भएको पहिलोपटक होइन।
यसअघि उनले सन् २०१६ मा फिल्म ‘रंगून’को सेटमा चोटको सामना गरेका थिए। त्यो समयमा उनको औंलामा चोट लागेको थियो। औंलामा चोट लाग्नासाथ उनलाई तुरुन्तै कोकिलाबेन अस्पतालमा भर्ना गरिएका थियो। त्यो बेला उनका सामान्य सर्जरी गरिएको थियो।
त्यस्तै फिल्म ‘क्या कहना’को एक दृश्यका लागि सैफले एक बाइक स्टन्ट गरेका थिए। त्यो खतरनाक स्टन्ट गर्नका लागि सैफ दिनहुँ जुहूबीचमा स्टन्टको प्रशिक्षण लिएका थिए।
उनले सुटिङका क्रममा मोटरसाइकल तिब्र कुदाएर स्टन्ट दिए । त्यो बेला बाइक माटोमा चिप्लियो। सेफ हावामा ३० पटक पल्टदै चट्टानमा बजारिएका थिए। उनको टाउको एक ठूलो ढुंगामा ठोक्किएका थियो। उनी त्यहाँबाट उठ्दा अनुहार रगतले पोतिएका थियो। त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो। उनको टाउकोमा झण्डै सय टाँका लगाइएको थियो।
प्रतिक्रिया