यू–१९ विश्वकपमा न्युजिल्याण्डको लगातार दास्रो जित

यू–१९ विश्वकपमा न्युजिल्याण्डको लगातार दास्रो जित


काठमाडौं ।

आइसीसी यू–१९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार दोस्रो जित निकालेको छ। दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाललाई पराजित गरेको दक्षिण अफ्रिकाले मंगलबार आफ्नो देस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकालेको हो।

अफगानिस्तान भने लगातार दोस्रो हार व्यहोर्न बाध्य भयो। अंक गणितका हिसावले न्युजिल्याण्डको जितले नेपाललाई भने फाइदानै पुगेको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २१.३ ओभरमा सवै विकेट गुमाएर जम्मा ९१ रन बनाएको थियो। अफगानिस्तानका जमसेद जर्दानल सर्वाधिक २२ रन बनाउँदा अरब गुलले १० रन जोडे।

न्युजिल्याण्डका म्याट रोवेले सर्वाधिक ५ विकेट लिए। यसैगरी एडवाल्ड सेरुडर र रियान टसरगसले दुई दुई विकेट लिए। ओस्कार ज्याकसनको नाउँमा १ विकेट रह्यो। ९२ रनको झिनो लक्ष्य पच्छयाएको न्युजिल्याण्डले बल्लतल्ल खेल जितेको हो। न्युजिल्याण्डले लक्ष्य पूरा गर्न २८.२ ओभरमा ९ विकेट खर्चिएको थियो।

न्युजिल्याण्डका कप्तान ओसकार ज्याक्स्नले सर्वाधिक २६ रन बनाउँदा लेचलन स्टेकपोलले १२ रन जोडेका थिए। रोवि फल्क्सले ८ रन बनाउँदा साम क्लोडले ७ रन बनाए। ज्याक कुमिङ र एडवाल्ड सरुडेर पाँच पाँच रनमा आउट हुँदा म्यान रोवे ५ रनमा नटआउट रहँदै खेल जिताए।

अफगानिस्तानका एएम गजनफरले सर्वाधिक ३ विकेट लिँदा खलिल अहमद र अरब गुलले दुई दुई विकेट लिए।