बर्लिन ‘फिल्म फेस्टिभल’ मा मीनको ‘साम्बाला’

बर्लिन ‘फिल्म फेस्टिभल’ मा मीनको ‘साम्बाला’


काठमाडौ । निर्देशक मीन भामको फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिष्पर्धामा छनोट भएको छ।

फेस्टिभल आयोजकले सोमबार अन्य देशका २० फिल्मसँगै मीनको ‘साम्बाला’ पनि छनोट गरेको हो। युरोपको कान्स र भेनिसपछि बुसान फिल्म फेस्टिभल तेस्रो ठूलो फिल्म फेस्टिभल हो। फिल्ममा थिन्ले लामो र सोनम थोप्देन प्रमुख भूमिकामा छन्।

मीनले यो फिल्म बनाउन आफूलाई ८ वर्ष लागेको बताए। उनले कोभिडसँगै आर्थिक अभावका कारण फिल्म निर्माणमा ढिलाई भएको बताए। यो फिल्म डोल्पाको ४ हजार मिटर माथिको उचाईमा छायांकन गएिको हो। मीनका अनुसार यो फिल्मको सुटिङ २३ दिनको समयावधिमा सकिएको थियो। बहुपति प्रथाको पृष्ठभूमिमा तयार पारिएको फिल्ममा मीन र अविनाशविक्रम शाहकाे लेखन छ।

मीनले हराएको श्रीमानको खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरु दुवैको जीवनमा आउने परिवर्तन फिल्मको प्रमुख कथा रहेको खुलाए रहेको मीनले बताएका छन्। थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन्।