मिडिल्सबर्गको पोष्टमा चेल्सीको ६ गोल

मिडिल्सबर्गको पोष्टमा चेल्सीको ६ गोल


काठमाडौं ।

चेल्सी लिग कप (कारबाओ) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति मिडिल्सबर्गमाथिचेल्सीले ६–१ गोल अन्तरको पराजित गरेको थियो। पहिलो लेगमा १–० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा सानदार जितका साथ फाइनलमा स्थान बनायो। समग्रमा चेल्सी ६–२ गोलको जित निकाल्न सफल भयो।

घरेलु मैदानमा चेल्सीले उपहार गोल मार्फत अग्रता लिएको थियो। १५ औं मिनेटमा जोनाथन हाउसनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले अग्रता लियो। २९ औं मिनेटमा इन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाए।

३६ औं मिनेटमा एक्सल डिसासीले गोल गर्दै पहिलो हाफमै फराकिलो अग्रतातर्फ उन्मुख गराए। ४२ औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले पहिलो हाफमै ४–० को सहज अवस्था बनाएको थियो। ७७ औं मिनेटमा पालमरले व्यक्तिगत दोस्रो गोल गर्दा ५–० को अग्रता कायम भयो।

८१ औं मिनेटमा चुकुवुनोन्सो मडुकेले टिमका लागि छैटौं गोल गरे। ८८ औं मिनेटमा मोर्गन रोजरले १ गोल फर्काए पनि मिडिल्सबर्गलाई त्यो मात्रै पर्याप्त गोल भएन। चेल्सीले उपाधिका लागि लिभरपुल र फुलह्यामबीचको विजेतासँग खेल्ने छ। पहिलो लेगमा लिभरपुल २–१ गोल अन्तरले विजयी भएको थियो। आज राति दोस्रो लेगको खेल हुने छ।