काठमाडौं । एएफसी एसिया कप फुटबलमा भारत पराजित भएको छ। बिहीबार राति भएको खेलमा भारत उज्वेकिस्तानसँग ३–० गोल अन्तरले पराजित भएको हो। भारतविरुद्ध फिफा वरियतामा धेरै माथि रहेको उज्वेकिस्तानले पहिलो हाफमै ३ गोल गरेको हो। दोस्रो हाफमा भने खेल प्रतिस्पर्धात्मक भए पनि गोल निस्कएन। उज्वेकिस्तानले चौथो मिनेटमै अग्रता लिएको थियो। उसका लागि उब्बोस्बेक फेजुल्लेबले गोल…