लसएन्जल्स । अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा फर्किएकी छन्। एक दिनअघि मात्र सामाजिक सञ्जालबाट केही दिनका लागि ‘ब्रेक’ लिने घोषणा गरेकी गोमेज घोषणाको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा झुल्किएकी हुन्। उनले इन्स्टाग्राममा सेफ गोर्डन रामसेसँगको सहकार्यमा कुकिङ भिडियो पोस्ट गरेकी छन्। ‘गोर्डनग्राम मेरो भान्सामा आए र बर्गर कसरी बनाउने भन्ने कुरा सिकाए’…