मेलबर्न अष्ट्रेलिया ।
अस्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो पटक भएको नेपाल फेस्टिभल सुरु भएको छ । परेड गरेसँगै ‘नेपाल फेस्टिभल क्यानबेरा’ सुरु भएको हो। परेडमा नेपाली मौलिक बाँजाको धुनमा झाँकीहरुसहितका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) आयोजना गरेकोफेस्टिभलमा क्यानबेराको अलवा एनएसडब्लु ,भिक्टोरिया ,साउथ अस्ट्रेलिया लगायत राज्यका नेपालीहरु सहभागी भएका छन् । अबको केही बेरमै औपचारिक कार्यक्रम सुरु हुनेछ ।
कार्यक्रलाई थप मनोरञ्जनात्मक बनाउन भ्वाईस अफ नेपालको टिम गायक प्रमोद खरेल, होस्ट सुशिल नेपाल, भ्वाईस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, सिजन ४ का विजेता करण राई, प्रतियोगी बर्षा हितानी आरिफ रफले फेस्टिभलमा सांगीतिक प्रस्तुति दिनेछन् ।
तस्बिरः खगेन्द्र सत्याल (क्यानबेरा)
प्रतिक्रिया