भव्य भयो नेपाल फेस्टिभल क्यानबेरा

भव्य भयो नेपाल फेस्टिभल क्यानबेरा


मेलबर्न अष्ट्रेलिया ।

गैर आवसीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आयोजना गरेको नेपाल फेस्टिभल क्यानबेरा भब्य रुपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, भेषभुषा र मौलिकखान–पीनको प्रबद्र्धन गर्ने उद्धेश्यले अयोज राखेर पहिलोपटक क्यानबेरामा आयोजना गरिएको नेपाल फेस्टिभल २०२३ भब्यताका साथ सम्पन्न गरिएको हो।

सिंगो नेपालको झल्को दिने उक्त कार्यक्रममा नेपाली मौलिक भेषभुषामा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो। शनिबार बिहान १०ः३० बजेबाट परेड गरेर सुरु भएको फेस्टिभल साँझ भ्वाईस अफ नेपालको समूहको सांगीतिक प्रस्तुतिपछि सकिएको थियो।

धामी–झाँकीसहितको परेडमा अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सघंसंस्था, स्थानीय अष्ट्रेलियन नागरिकको बाक्लो सहभागिता रहेको थियो। परेड सकिए लगत्तै कोमनवेल्थ पार्कमा सुरु भएको औपचारिक कार्यक्रममा २० बढी बिभिन्न देशका राजदुत, क्यानबेरा राज्यका मन्त्री, सांसदहरुको उपस्थिति रहेको थियो ।

फेस्टिभलमा विभिन्न प्रतिभाहरुको सांस्कृतिक कार्यक्रमसँगै नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुडस्टल, बालबालिकाहरुले रमाईलो खेलको मज्जा लिएका देखिन्थे । आ–आफ्नै मौलिक बाजा–गाजामा सहभागी युवायुवती रमाएका देखिन्थे।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलासराज पोखरेलले नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउने अभियानका रूपमा नेपाल महोत्सव आयोजना भएको भन्दै सहभागी सबैप्रति आभार व्यक्त गरेका थिए । फेस्टिभलमा १५ हजार बढीको सहभागिता भएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् क्यानबेरा राज्य सयोंजक अशोक बस्नेतले जानकारि दिए।