होबार्ट, अष्ट्रेलिया ।
नेपाली लोकरक ब्याण्ड नेपथ्य आज होबार्ट आइपुगेको छ। अष्ट्रेलियाका सात सहरमा भव्य सांगीतिक कन्सर्ट सम्पन्न गरेको नेपथ्यको टोली मंगलबार बिहान होबार्ट आइपुगेको हो।
होबार्ट पुगेको नेपथ्यको टिमलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ। नेपथ्य लाइभ इन होबार्टको मुख्य प्रयोजक रहेको बिएमडब्लु एजुकेस्नल कन्सलटेन्सी तास्मानीया निर्देशक विस्नु सापकोटाले अमृत गुरुङलाई नेपाली ढाकाको टोपी लागाएर न्यानो स्वागत गरेका थिए। यस्तै कार्यक्रमको आयोजक सम्सरा इभेन्टका पदाधिकारिहरुले अस्ट्रेलिया टुरमा रहेको नेपथ्यका संगीतकर्मी, प्राविधिक एवं व्यवस्थापनसहितको टोलीलाई खादा लगाइदिएर स्वागत गरेका थिए।
नेपथ्यको टिमलाई स्वागत गर्न नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष तोयाराज भट्टराई, खेम डुम्रे, बिजय भट्टराई ,रोशन सिल्पकार,फोटोग्राफर त्रिजन बज्राचार्य, सुजन अर्याल र अषिश श्रेष्ठलगायत बिमानस्थल पुगेका थिए।
नेपथ्यले तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुती दिँदैछ। उत्तरको डार्बिनबाट सुरुभएको नेपथ्यले एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी, मेलबर्नमा भब्य कन्र्सट गरिसकेको छ। तास्मानियाको होबार्टमा नेपथ्य अष्ट्रेलिया टुरको अन्तिम प्रस्तुति दिँदैछ ।
लाइभ इन होबार्टको आयोजना गर्ने जिम्मा पाएको सम्सरा इभेन्टसका संयोजक साजन परियारले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया