मेलबर्नको एक बौद्ध मन्दिरमा भीषण आगलागी

मेलबर्नको एक बौद्ध मन्दिरमा भीषण आगलागी


मेलर्न अष्ट्रेलिया ।

मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आगलागी भएको छ। आइतबार राति भएको आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रकहरु घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन्।

फायर रेस्क्यु भिक्टोरिया (एफआरभी) का कर्मचारीहरूलाई मेलबर्नको दक्षिणपूर्वमा रहेको ब्राइट मून बौद्ध मन्दिरमा स्थानीय समयअनुसार राति १०ः३५ बजे आगोलाई नियन्त्रणमा लिइएको एफआरभीले जनाएको छ ।

बौद्ध मन्दिरमा आगलागीपछि आसपासका बासिन्दालाई घरमा बस्न, बाहिरी ढोका र झ्यालहरू बन्द गर्न, तातो र एअर कन्डिसन सेवा बन्द गर्न भनिएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रक पल फोस्टरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरिरहेका छन् ।

फोस्टरका अनुसार पाँच तला अग्लो मन्दिरमा भीषण आगलागी भएको र आगलागीको ज्वाला केही किलोमिटर टाढादेखि स्पष्ट देखिएको थियो ।

ब्राइट मून बौद्ध समाजसँग सम्बन्धित यो मन्दिर सन् १९९१ मा जग्गा किनेर हालको हल र प्रार्थना स्थलमा परिणत गरिएको थियो । उक्त स्थल हाल स्थानीय बौद्ध समुदायका लागि प्रसिद्ध पूजास्थल बनेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।