मेलबर्न अष्ट्रेलिया ।
युनाइटेड फुटबल क्लब मेलबर्नले ‘नोबेल ७ ए साइड फुटबल टुर्नामेन्ट २०२३’ को आयोजना गर्ने भएको छ। नोबल करियर गुरुजले टाइटल स्पोन्सर गरेको उक्त प्रतियोगिता जुन १० र ११ गने मेलबर्नको एलिट फुटबल ट्रेनिङ फ्यासिलिटी (१६९रोसामण्ड रोड, मारिबिर्नोङ, भिक)मा हुन लागेको हो।
७ ए साइड फुटबल टुर्नामेन्ट मा १० टिमको सहभागीता रहने आयोजकले जनाएको छ। जसमा युनाइटेड एफसी मेलबोर्न (एलो), युनाइटेड एफसी मेलबोर्न (ओरेन्ज), हिमालय टाइगल फुटबल क्लब, रोयल फुटबल क्लब, रोयल वेस्टर्न क्लब, क्रेजीबर्न ब्रिगेड एससी,चन्द्र सूर्य फुटबल क्लब, हिमालयन फुटबल क्लब, कालिका फुटबल क्लब र इस्टर्न वारियर्स फुटबल क्लब रहेका छन्।
उक्त प्रतियोगिताको खेल्न अहिले सम्म १० टिमले नाम दर्ता गराएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा पहिलो हुनेले ३५ सय अष्ट्रेलियन डलर नगद, ट्रफी, मेडल प्रमाणपत्र पाउने छ । यस्तै दोस्रो हुने टिमले २ हजार अष्ट्रेलियन डलर नगद मेडल प्रमाणपत्र प्राप्त गर्ने छ। यस्तै टुर्नामेन्टकै उत्कृष्ट खेलाडी, नोबल ७ ‘ए’ साइड फुटबल फाइनल प्रतिस्पर्धाको म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर र प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको स्पोन्सरमा एसएनजी प्रो पेन्टिङ एण्ड डेकोरेसन, सगुन ग्रुप, फास्ट क्यास रेमिट, रत्न ज्वेलर्स, हैट इन्टरटेन्मेन्ट, ह्यान्ड टू ह्यान्ड लेबर हायर, चन्डलर आरटीओ, लाखे मोर्डन नेप्लिज, सेन्ट्रल अष्ट्रेलियन कलेज (सिएससि), ब्लु लोटस कलेज, कार टिच मेलबोर्न, सायन ट्राभल्स, प्रेस्टन, एलेज मीट, एलेको प्रोपोटिज एण्ड गार्डेनिङ सर्भिसेज रहेका छन्।
काठमाडौँ ब्यांकेट हस्पिटालिटी पार्टनर रहेको नोबल ७ ‘ए’ साइड फुटबलको मिडिया पार्टनर केबिसी खबर रहेको छ। नोबेल करियर गुरुज क्लब पार्टनर रहेको छ भने क्लब स्पोन्सरमा एलायन्स एस्टेट एजेन्टस रहेको छ।
नोबेल ७ ए साइड फुटबल टुर्नामेन्टसँगै ५ ‘ए’ साइड फुटबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ। एलायन्स एस्टेट एजेन्टस टाइटल स्पोन्सर रहेको ५ ‘ए’ साइड फुटबल खेल ३५ वर्षमाथिको उम्मेर समूहका लागि आयोजना गरिएको युनाइटेड एफसीका मनिज हाडाले जनाएका छन्।
७ ए साइड फुटबल टुर्नामेन्ट २०२३ लाई टाइटल स्पोन्सर गर्न पाउँदा आफू खुसी लागेको नोबल करियर गुरुजका प्रबन्धक निर्देशक सुरेश क्षेत्रीले बताए। उनले यस्ता खेलकुदका प्रतियोगिताले अष्ट्रेलियाको नेपाली समुदायलाई जोड्ने विश्वास व्यक्त गरे। नोबेल करियर गुरुजले ओशिनिया स्पोर्ट्स मीट (बास्केटबल), सांतीतिक कार्यक्रम र नेपाली समुदायका संघ संस्थाका कार्यक्रममा पनि सहयोग गर्दै आएको प्रबन्धक क्षेत्रीले स्मरण गराए। उनले ७ ए साइड फुटबल टुर्नामेन्ट २०२३ सफलताको शुभकामना पनि दिएका छन्।
युनाइटेड एफसी नेपाली समुदायलाई खेल क्षेत्रको माध्यमबाट जोड्ने उद्देश्य साथ मेलबर्नमा स्थापना गरिएको नेपाली फुटबल क्लब हो । २०१० देखि क्लबले ७ ‘ए’ साइड फुटबल प्रतियोगिता गर्दै आएको छ। ‘नोबेल ७ ए साइड फुटबल टुर्नामेन्ट २०२३’ आठौँ संस्करण हो।
प्रतिक्रिया