काठमाडौँ ।
अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियन्सिपको उपाधि जितेको छ। द ओभलमा भएको फाइनल खेलमा अस्ट्रेलिया २०९ रनले विजयी भएको हो।
अस्ट्रेलियाले दिएको ४४४ रनको लक्ष्य पछाइरहेको भारतले पाँचौ दिनमा ६३.३ ओभरमा अलआउट भयो।
भारतका लागि विराट कोहली ४९, आजिख्य रहाने ४६, कप्तान रोहित शर्मा ४३, चैतेश्वर पुजारा २७ र शुभमन गिलले १८ रन बनाएका थिए।
अस्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट लिए। स्कट बोलेन्ड रसमानले ३ विकेट लिए। त्यस्तै मिचल स्टार्कले २ विकेट लिए भने पेट कुमिन्सले एक विकेट लिए ।
भारतले चौथो दिनको खेल सकिदा ३ विकेट गुमाउदै १६४ रन बनाएको थियो। चार दिनको खेल सकिँदा टेस्ट च्याम्पियन्सिपको फाइनल रोचक बनेको थियो।
यस अघि अस्ट्रेलियाले पहिलो दिन ४६९ रन बनाएको थियो भने भारतले २९६ रन बनाएको थियो। पहिलो इनिंगमा १७३ रनको अग्रता लिएको अस्ट्रेलियाले दोस्रो इनिंगमा ८ विकेट गुमाउदै २७० रन बनाएर भारतलाई ४४४ रनको लक्ष्य दिएको थियो।
प्रतिक्रिया