युनाइटेड एफसी मेलबोर्नले उचाल्यो ‘नोबल ७ ‘ए’ साइड फुटबल टुर्नामेन्ट २०२३’ को उपाधि

युनाइटेड एफसी मेलबोर्नले उचाल्यो ‘नोबल ७ ‘ए’ साइड फुटबल टुर्नामेन्ट २०२३’ को उपाधि


मेलबर्न अष्ट्रेलिया ।

युनाइटेड एफसी मेलबोर्न (एलो) ले नोबल ७ ‘ए’ साइड फुटबल टुर्नामेन्ट २०२३’ को उपाधि जितेको छ। आइतबार मेलबर्नको एलिट फुटबल ट्रेनिङ फ्यासिलिटीमा भएको फाइनल खेलमा क्रेगीबर्न ब्रिगेड एससीलाई ३–२ गोलले पराजित गर्दे आयोजक युनाइटेड एफसीले उपाधि हात पारेको हो। 

युनाइटेड एफसीका लागि सुनिल बल, साजन थापामगर र बिश्व गुरुङले एक–एक गोल गरेका थिए। क्रेगीबर्न ब्रिगेड एससीका प्रज्वोलले सान्त्वना गोल फर्काएका थिए। क्रेगीबर्न ब्रिगेड एससीका लागि युनाइटेड एफसीले एक आत्मघाति गोल गरेका थियो। 

टुर्नामेन्ट जितेको युनाइटेड एफसी मेलबोर्नले ३५ सय अष्ट्रेलियन डलर नगद, ट्रर्फि, मेडल र प्रमाणपत्र पाएको छ। प्रतियोगितामा दोस्रो भएको क्रेगीबर्न  ब्रिगेड एससीले २ हजार अष्ट्रेलियन डलर ट्रर्फि,मेडल र प्रमाणपत्र पाएको छ। 

उक्त फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर क्रेगीबर्न ब्रिगेड एससीका रौनक श्रेष्ठ भए भने सबैभन्दा बढी गोल युनाइटेड एफसी मेलबोर्नका साजन थापामगरले हानेका थिए। थापामगरले टिमका लागि १० गोल हानेका थिए। पिलियर अफ दी टुर्नामेन्ट युनाइटेड एफसीका सन्तोष तामाङ भए भने म्यान अफ दी म्याच युनाइटेड एफसीकै सुनिल बल घोषित भए। 

७ ए साइड फुटबल टुर्नामेन्टको उपाधिका लागि १० टिमले प्रतिस्पर्धा गरेका थिए। 

यस्तै ३५ वर्षमाथिको उमेर समूहका लागि आयोजना गरिएको ५ ‘ए’ साइड फुटबल प्रतियोगिता क्रेगीबर्न ब्रिगेड एससीले जितेको छ। फाइनल खेलमा क्रेगीबर्न ब्रिगेड एससीले हिमालयन एफसीलाई ६–२ गोल अन्तरले हराउँदै  ५ ‘ए’ साइड टुर्नामेन्टको उपाधि जितेको हो। ५ ‘ए’ साइड फुटबल प्रतियोगितामा उत्कृष्ट गोलकिपर  क्रेगीबर्न ब्रिगेड एससीका योगेन्द्र लामिछाने भए भने सबैभन्दा बढी गोल हिमालयन एफसका समुन्द्र गुरुङ र क्रेगीबर्न ब्रिगेड एससीका अर्जुन लामाले हानेका थिए। उनीहरू दुवै जनाले समान ९ गोल गरेका थिए। 

५ ‘ए’ साइड फुटबल प्रतियोगितामा पिलियर अफ दी टुर्नामेन्ट र म्यान अफ दी म्याच क्रेगीबर्न ब्रिगेड एससीका अर्जुन लामा भए। 

उक्त फुटबल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नोबल करियर गुरुजका नोर्गेन नोर्बु मोक्ताङ, एलायन्स एस्टेट एजेन्टसका सुरेश महर्जन, युनाइटेड एफसीका अध्यक्ष किशोर राई, समाजसेवी जोग लिम्बु र युनाइटेड एफसी मेलबोर्नका सहयोगी पेमा बमजोमलगायतको उपस्थिति रहेको थियो। 

युनाइटेड एफसीले आयोजना गरेको ७ ए साइड फुटबल टुर्नामेन्ट टाइटल स्पोन्सर नोबल करियर गुरुज रहेको थियो भने ५ ‘ए’ साइड फुटबल प्रतियोगितालाई एलायन्स एस्टेट एजेन्टस टाइटल स्पोन्सर गरेको थियो। 

प्रतियोगिताको स्पोन्सरमा एसएनजी प्रो पेन्टिङ एण्ड डेकोरेसन, सगुन ग्रुप, फास्ट क्यास रेमिट, रत्न ज्वेलर्स, हैट इन्टरटेन्मेन्ट, ह्यान्ड टू ह्यान्ड लेबर हायर, चन्डलर आरटीओ, लाखे मोर्डन नेप्लिज, सेन्ट्रल अष्ट्रेलियन कलेज (सिएससि), ब्लु लोटस कलेज, कार टिच मेलबोर्न, सायन ट्राभल्स, प्रेस्टन, एलेज मीट, एलेको प्रोपोटिज एण्ड गार्डेनिङ सर्भिसेज रहेका छन्।

काठमाडौँ ब्यांकेट हस्पिटालिटी पार्टनर रहेको नोबल ७ ‘ए’ साइड फुटबलको मिडिया पार्टनर केबिसी खबर रहेको थियो। नोबल करियर गुरुज क्लब पार्टनर रहेको छ भने क्लब स्पोन्सरमा एलायन्स एस्टेट एजेन्टस रहेको थियो।
युनाइटेड एफसीले २०१० देखि क्लबले ७ ‘ए’ साइड फुटबल प्रतियोगिता गर्दै आएको छ। ‘नोबल ७ ए साइड फुटबल टुर्नामेन्ट २०२३’ आठौँ संस्करण हो।