मेलबर्न, अष्ट्रेलिया ।
अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमा नेपाल फेस्टिभल भव्य रुपमा सम्पन्न भएको छ। आफ्नो मौलिक पोषाकमा हजारौँको संख्यामा नेपालीवासीको सहभागिता रहेको थियो।
नेपाललाई चिनाउँदै र पर्यटनलाई प्रबर्द्धन गर्दै महोत्सवमा नेपाल हाउसमा नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामगीहरु प्रदर्शनीमा राखिएको थियो।
फेस्टिभललाई नेपाली समूदायसँगै नर्दन टेरेटोरी सरकार, डार्विन वाटरफ्रन्ट, नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, डार्विन हर्टस फुटबल क्लब समेतको सहकार्यमा गैरआवासीय नेपाली संघ नर्दन टेरेटोरीले नेपालको आयोजना गरेका थियो।
औपचारिक कार्यक्रम सकिए लगत्तै चर्चित गायक प्रकाश सपुतसँगै स्थानीय कलाकारको बेजोड सांगितिक प्रस्तुती दिएका थिए।
तस्बिरः छत्र शंकर
प्रतिक्रिया