तास्मानियाका नेपाली व्यवसायीको मेला ‘बिजनेश एक्स्पो’, वृत्त चित्र पनि प्रदर्शन गरिने 

तास्मानिया अष्ट्रेलिया । तास्मानियामा रहेर विभिन्न व्यवसायमा आबद्ध नेपालीहरूको मेला विजनेस एक्स्पो हुँदैछ । तास्मानिया राज्यका विभिन्न ठाउँमा रहेर विभिन्न पेसा व्यवसायमा आबद्ध भएका उनीहरू अप्रिल २९ का दिन एकै मञ्चमा आ–आफ्नो व्यवसायको प्रवर्द्धन गर्नका साथै अनुभवहरू सेयर गर्नेछन् ।  बिजेनेश एक्स्पो २०२३ नाम दिइएको उक्त कार्यक्रम स्थलका लागि होबार्ट सिटी हल छनौट गरिएको छ…