मेलबर्न अष्ट्रेलिया ।
कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ अष्ट्रेलियाको मेलबर्नमा हुने भएको छ। साहित्य संगीत जमघटको अग्रसरतामा कवि पराजुलीको कविता कन्सर्ट ३ सेप्टेम्बर मेलबर्नको ‘द सोभेरन’मा हुन लागेको हो।
विशुद्ध साहित्यिक जमघट रहेको कविता कन्सर्टमा प्रवेशका लागि ५० अष्ट्रेलियन डलर तोकिएको सोलाङ्चरका कार्यक्रम संयोजक नोर्गेन नोर्बूले जानकारी दिए। कवि पराजुलीलाई केहि गीतसहित रिदम कँडेलले साथ दिनेछन्। टिकट अनलाइन तथा अनुपम पाठक, पेसल लुईटेल र नोर्गेन नोर्बूलाई सम्पर्क गरेर खरिद गर्न सकिने उनले बताए।
नवराज पराजुलीको ‘कविता कन्सर्ट’ अष्ट्रेलिया टुर ‘नेपाल फिएस्टा’ ले गरेको छ भने यसको व्यवस्थापन सोलाङ्चरले गरेको छ। साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमलाई मेलबर्नमा स्थानीय व्यवसायीले साथ दिएका छन्।
२०७३ सालको पद्मश्री पुरस्कार विजेता बहुचर्चित कविता कृति ‘सगरमाथाको गहिराइ’ संग्रहको सगरमाथाको गहिराइ शिर्षक बाट पराजुलीले कविता कन्सर्टको आरम्भ गरेका थिए।
पराजुलीको अर्को कार्यक्रम १५ सेप्टेम्बरमा सिड्नीमा हुने तय भएको सोलाङ्चरका कार्यक्रम संयोजक नोर्गेनले बताए। अष्ट्रेलियाको डार्बिन, एडिलेड, तास्मानिया र क्यानबेरामा पनि कविता कन्सर्ट हुने र यसको मिती अहिले तय भई नसकेको उनले जानकारी दिए।
उनले यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न गर्नका लागि यहाँ रहेका स्थानीय नेपाली संघ–संस्थाहरूलाई आग्रह गरेका छन्। टिकट खरिदका लागि यहाँ क्लिक गर्नुहोस्।
प्रतिक्रिया