‘अब हाँस्छ ब्रिस्वेन’मा सहभागी बनौँ, चर्चित हास्य कलाकारसँगै पेट मिची मिची हाँसौँ

‘अब हाँस्छ ब्रिस्वेन’मा सहभागी बनौँ, चर्चित हास्य कलाकारसँगै पेट मिची मिची हाँसौँ


ब्रिस्वेन अष्ट्रेलिया ।

क्वीन्सल्यान्डको ब्रिस्वेनमा अब हाँस्छ अष्ट्रेलिया टुरका चर्चित हास्य कलाकारहरुले प्रस्तुति दिँदै छन्। अगस्ट १७ तारिख हुने उक्त कार्यक्रममा कमेडी च्याम्पियन सिजन– २ का विजेता भरत मणि पौडेल रनरअप बिक्की अग्रवाल, सुमन कार्की र कैलाश कार्कीले प्रस्तुति दिने छन्। 

सी इभेन्ट, ट्रिपलएन अनलाई सप र Elayne the Digital agaency को सयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको छ। अब हाँस्छ ब्रिस्वेन नाम दिएको उक्त कार्यक्रम भोलि बिहीबार साँझ स्ट्रेथपिन कम्युनिटी हलमा साँझ ७ बजेबाट कार्यक्रम सुरु हुने अमृत खत्रीले जानकारी दिए। इसान एजेकेशन टाइटल स्पोन्सर रहेको अब हाँस्छ ब्रिस्वेनको प्रवेश शूल्क ४९ अष्ट्रेलिय डलर तोकिएको खत्रीले बताए। 

पछिल्लो समय युवा पुस्ताले एक दमै मन पराएका नवयुवा हास्य कलाकारहरुको प्रस्तुति ब्रिस्वेनमा बस्ने नेपालीले मन पराउने अपेक्षा गरिएको उनको भनाइ छ। स्ट्यान्डप कमेडीका स्थापित हुँदै गएका चार कलाकारहरूसँग पेट मिची मिची हाँस्नका लागि कार्यक्रममा सहभागिता जनाउन ब्रिस्वेनवासी नेपालीहरुलाई उनले आग्रह गरेका छन्।