अष्ट्रेलियामा नेपाली भाषा विद्यालयको शब्दमाला खुला सत्र २०२३ हुँदै

अष्ट्रेलियामा नेपाली भाषा विद्यालयको शब्दमाला खुला सत्र २०२३ हुँदै


सिड्नी अष्ट्रेलिया । अष्ट्रेलियामा शब्दमाला अस्ट्रेलियाले शब्दमाला खुला सत्र २०२३ को आयोजना गर्ने भएको छ। अस्ट्रेलियामा हुर्किरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाईमा सहजिकरण गर्दै आएको शब्दमाला अस्ट्रेलिया उक्त कार्यक्रमको आयोजना गर्ने लागेको हो।

आइतबार ग्रानभिलको फ्लेवर अफ नेपाल रेष्टुरेण्टमा गरिएको पत्रकार सम्मेलनमा संस्थाले अस्ट्रेलियाका विभिन्न ठाउँमा नेपाली बालबालिकाहरुका प्रतिभा र कलाहरुलाई प्रदर्शन गर्ने तथा नेपाली भाषा र संस्कृतिका विषयमा जानकारी दिने उद्धेश्य सहित विभिन्न ठाउँमा विभिन्न समयमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराइएको छ।

तस्बिरः लण्डन नेपाल न्युज

पत्रकार सम्मेलनमा अध्यक्ष विष्णु घिमिरे,सहसचिव दिपक लामिछाने, शव्दमाला ग्रानभिल शाखा संयोजक नविन अर्याल लगायतको उपस्थिति रहेको थियो। जुम मार्फत पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार अर्चना घले अभिभावक राजेश केसीलगायत जोडिएका थिए। कार्यक्रममा बालबालिकाहरुले आ–आफ्नो कला प्रदर्शन गर्न सक्ने पत्रकार सम्मेलन माफैत जानकारी गराइएको छ।

बालबालिकाहरुलाई नेपाली संस्कृतिसहित नेपाली भापा लेख्न र बोल्न सिकाउने हेतुले स्थापना गरेको संस्थाले हरेक आइतबार बिहान २ घण्टा कक्षा सञ्चालन गर्दै आएको छ।

कार्यक्रम हुने स्थान र समय

२७ अगस्ट
Granville Public School , Granville
The Ponds High School, The Ponds
Waitara Public School, Waitara

३ सेप्टेम्बर
Campsie Public School, Campsie
Carlton South Public School, Carlton South
Macquarie Fields Public School, Macquarie Fields

१० सेप्टेम्बर
Plattsburg Public School, Newcastle