तास्मिानियाको लन्चेस्टनमा तीज मेला-२ हुँदै, नेपालका चर्चित कारकारको प्रस्तुति रहने

तास्मिानियाको लन्चेस्टनमा तीज मेला-२ हुँदै, नेपालका चर्चित कारकारको प्रस्तुति रहने


होबार्ट, अष्ट्रेलिया ।

तास्मानियाको लन्चेस्टनमा तीज मेला–२ हुने भएको छ। पर्दा इभेन्टको आयोजना गरेको तीज मेला–२ सेप्टेम्बर १५ तारिख म्याक्स फ्राई हल लन्चेन्टनमा हुन लागेको हो।

सक्सेस एजुकेसन एण्ड भिजा सर्भिस लन्चेस्टनको मुख्य प्रायोजक रहेको उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकार कुलेन्द्र विश्वकर्मा, बसन्त थापा र चन्दा अर्यालको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा स्थानीय कलाकार हृदय दाहालको पनि प्रस्तुति रहने पर्दा इभेन्टका निर्देशक पुरुशोतम रिमालले बताए। साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमा प्रवेश शुल्क २५ अष्ट्रेलियन डलर रहेको नर्दिेशक रिमालले बताए। टिकट लन्चेस्टनका ग्रोसरी स्टोर, पर्दा इभेन्टका पदाधिकारी, एनएसएनटीका पदाधिकारी र नारी निकुञ्ज तास्मानियाका पदाधिकारीसँग सम्पर्क गरेर खरिद गर्न सकिने रिमालले जानकारी दिए। 

डिजे उज्जलको साउन्ड सिस्टम रहेको कार्यक्रमको पलाटिनम स्पोन्सर जेबीएस र करी हाउस रहेका छन्।

नारी निकुञ्ज तास्मानिया र नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले सघाएको तीज मेला–२ लाई सपना खत्रीले गर्ने संचालन गर्नेछन्।

तीज मेला–२ निकै महत्वपुर्ण कार्यक्रम भएकाले यसमा सबै कम्युनिटीलाई समावेश गरी कार्यक्रमलाई भव्य र सभ्य बनाउने उदेश्य रहेको एनएसएनटीका अध्यक्ष सन्देश श्रेष्ठले बताए। उनले नर्दन तास्मानियाको सानो नेपाली समुदायमा नारी निकुञ्ज र पर्दा इभेन्टसँग एनएसएनटीले सहकार्य गर्न पाउँदा आफू निकै उत्साहित भएको बताए। उनले विदेशी भूमिमा मनाउन लागेको तीज मेलालाई सबै मिलेर भव्य रूपमा मनाउने पर्नेमा जोड दिए।

नेपाली परम्परा, संस्कृति र चाडपर्वलाई जोगाई राख्ने दायित्व भएको भन्दै हुर्किँदै गरेका पीढीलाई यसको महत्त्व र अर्थका बारेमा जानकारी गराउनु पर्ने उनको भनाइ छ। उनले यस कार्यक्रममा सहभागिता जनाएर नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजलाई सफल रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्।

एनआरएनए तास्मानिया नारी निकुञ्जकी नवनिर्वाचित अध्यक्ष आर्जु रिजाल रजकले अष्ट्रेलियामा हुर्किँदै गरेको दोस्रो पुस्तालाई तीजको मौलिकताबारे जानकारी गराउँदै नेपाली कला, संस्कृति, रीतिरिवाज र परम्पराको संवर्द्धनका लागि तीज मेलाको आयोजना गरेको बताएकी छन्।

उनले अघिल्लो वर्ष तीज मेलाबाट संकलित रकम आङ खस्ने समस्याबाट गुज्रिएकी महिलाहरूको उपचारमा खर्च गरेको बताइन्। यस वर्षको तीज मेलाबाट संकलित केही रकम श्री चन्डी सकेन्डरी स्कुल कास्कीलाई सहयोग गर्ने उनले जानकारी दिइन्।