नाबालिग अपराधमा कडा सजायको माग गर्दै आज मेलबर्न संसद् भवन अगाडि प्रदर्शन हुँदै

नाबालिग अपराधमा कडा सजायको माग गर्दै आज मेलबर्न संसद् भवन अगाडि प्रदर्शन हुँदै


मेलबर्न अष्ट्रेलिया ।

भिक्टोरियामा रहेका नेपालीसहितका समूदायले भिक्टोरिया राज्यको संसद् भवन अगाडी प्रदर्शन गर्ने भएका छन्। सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै उनीहरूले आज (शनिवार) संसद् भवन अगाडी प्रदर्शन गर्ने लागेका हुन्।

शनिवार दिउँसो १ बजे र्यालीको आयोजना गरिएको छ। आपराधिक समूहबाट नेपाली किशोरमाथि भएको आक्रमणका घटनाको विरोध स्वरूप गर्न लागिएको र्यालीमा सबैलाई अपस्थितिका लागि परिवारले आग्रह गरेको छ।

टार्नेटमा नेपाली मूलका किशोर र्यानमाथि भएको आक्रमण र त्यसमा संलग्नहरुको उमेरका कारण उनीहरु यत्तिकै छुट्ने हुन् कि भन्ने आशंकाका साथ नेपाली समूदाय आन्दोलित छन्। भिक्टोरिया राज्य सरकारसँग आफ्ना बालबालिकाको सुरक्षाको माग उनीहरुले गरेका छन्। आज शनिबार संसद भवन अगाडि विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

गत अगष्ट ३ तारिखमा मेलबर्नको टार्नेटमा बास्केटबल खेल्दै गरेका र्यानमाथि सात–आठ जनाको समूहमा आएका युवाहरूले आक्रमण गरेका थिए। सो आक्रमणबाट र्यानको औँलामा गम्भीर चोट लागेको छ। उनको अहिले उपचार भइरहेको छ।