काठमाडौँ । अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियन्सिपको उपाधि जितेको छ। द ओभलमा भएको फाइनल खेलमा अस्ट्रेलिया २०९ रनले विजयी भएको हो। अस्ट्रेलियाले दिएको ४४४ रनको लक्ष्य पछाइरहेको भारतले पाँचौ दिनमा ६३.३ ओभरमा अलआउट भयो। भारतका लागि विराट कोहली ४९, आजिख्य रहाने ४६, कप्तान रोहित शर्मा ४३, चैतेश्वर पुजारा २७ र शुभमन गिलले १८ रन बनाएका थिए।…