अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण

अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण


मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा फेरी सर्वसाधारणमाथि चक्कु आक्रमण भएको छ। सिड्नीमा झगडाका क्रममा छुरा प्रहार हुँदा एक क्रिस्चियन धर्मगुरुसहित धेरै जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

चक्कु प्रहारबाट कैयौँ घाइते भए पनि कसैलाई गम्भीर चोट भने नलागेको प्रहरीले जनाएको छ। घटनामा एक जना १५ वर्षीय युवक पक्राउ परेका छन्। यसअघि शनिबार मात्र सिड्नीकै एक सपिङ मलमा चक्कु प्रहार हुँदा ६ जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए।