सर्दन नाइटस क्रिकेट क्लबद्वारा खेलाडीहरूको सम्मान, को-को भए सम्मानित

सर्दन नाइटस क्रिकेट क्लबद्वारा खेलाडीहरूको सम्मान, को-को भए सम्मानित


एडिलेड ।

यस बर्षको साउथ अष्ट्रेलियाको एन्का लिग बिजेता क्लवले एक सम्मान साँझको आयोजना गरि खेलाडीहरुको सम्मान गरेको छ। क्लवले २०२३-०२४ को क्रिकेट सिजनमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई विभिन्न विधामा सम्मान गरेको थिए। जसमा बर्ष खेलाडी गोविन्द कार्की भएका छन्। उनले यो सिजनमा ४६८ रन सहित १२ उईकेट लिएका थिए। उनलाई क्लवले ट्रफी र अष्ट्रेलियन डलर ५०० ले सम्मान गरेको थियो।

यसैगरि फर्स्ट म्यान अफ द म्याच- अभिषेक श्रेष्ठलाई ट्रफी र १०० डलर , सिजनको उत्कृष्ट क्याच- सागर राज कँडेललाई ट्रफी र १५० डलर, उत्कृष्ट खेलाडी- नवीन कँडेललाई १०० डलर र ट्रफी, वर्षको उत्कृष्ट इनिङ्रा जु गुरुङलाई १०० डलर र ट्रफी प्रदान गरिएको थियो।

भने उत्कृष्ट बलर जेनिश श्रेष्ठले यस बर्ष १९ विकेट लिएका थिए। उनलाई दुई सय अष्ट्रेलियन डलर र ट्रफी प्रदान गरिएको थियो। उत्कृष्ट ब्याट्सम्यान- सागर क्षेत्री (५६.१३ को औसतमा ४४९ रन)लाई ट्रफी र दुई सय अष्ट्रेलियन डलर, र वर्षका समर्थक किरण भण्डारीलाई सम्मान गरिएको थियो। भने खेलाडी किराज ओझाले औपचारिक खेलबाट बिदाई लिएकोमा खादा माला लगाएर विदाई गरिएको थियो।

कार्यक्रमलाई सम्वोधन गर्दै एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का) अध्यक्ष विजय जोशीले सम्मानितहरुलाई बधाई दिदै क्लवले यस बर्ष प्रदर्शन गरेको उत्कृष्ट खेलको प्रशंसा गरेका थिए।

कार्यक्रममा एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक वर्तौला, लोन सोलुसन एडिलेडका निर्देशक अंकित अधिकारी, सम्मानितहरु गोविन्द कार्की र किराज ओझा, नेपाली राष्ट्रिय खेलाडी सुवास खकुरेल, क्लवका कप्तान सागर राज कडेल, दिपक क्षेत्री, लुकास भान्जाटी, नेरजित रिमाल लगायतले मन्तव्य राखेका थिए।

प्रसुन थापा मगरको संचालन रहेको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष बिकास सुवेदीले गरेका थिए। कार्यक्रम समापन गर्दै अध्यक्ष सुवेदीले यस बर्ष लिग विजयी हुन मेहनत गर्ने खेलाडी, कोच, सौजन्य कर्ता व्यवसायी, खेलाडीका परिवार, मिडिया सहित सहयोगहरुमा धन्यवाद ज्ञापन गरेका थिए।