काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्ने र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्नेगरी नीतिगत व्यवस्था गरिने बताउनुभएको हो । वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाइरहेको र चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको समय पनि नजिकिइरहेका…