लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट


काठमाडौं, २० असोज । लुम्बिनी प्रेदेश सरकारले ४० अर्ब ९० करोड ९७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै प्रदेश सरकारले प्रतिस्थापन बजेट सार्वजनिक गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाइएको छ ।

सरकारले चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रकम छ । सरकारले अघिल्लो सरकारले सुरुदेखि नै अघि सारेर लोकप्रिय बनेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाएको छ । त्यसको स्थानमा ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ ल्याइएको छ । त्यस्तै सरकारले प्रदेशका मुटु रोगीको उपचारमा सहयोग पु¥याउन र मुटुरोग सेवालाई प्रभावकारी बनाउन प्रदेशस्तरको क्याथ ल्याब निर्माण गर्ने भएको छ । त्यसका लागि १० करोड रकम विनियोजन गरिएको छ ।