नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भएको छ । यस विमानस्थलले पश्चिम नेपालमै सबैभन्दा बढी हवाईसेवा प्रदान गर्दै आएको छ । आगामी पुस मसान्तसम्म टर्मिनल भवनको निर्माण सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरे पनि सम्झौताको तीन महिनाअघि नै निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । नेपालगन्ज विमानस्थल…