शेयर बजारमा दोहोरो अंकको सुधार

शेयर बजारमा दोहोरो अंकको सुधार


काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २७ अंकले उकालो लागेर २५ सय ८४ पुगेको हो ।

राष्ट्र बैंकले ब्याजदरमा कडाई गरेसँगै गत बुधबार सुधारिए पनि बृद्धि टिक्न सकेको थिएन । विहीबार ओरालो लागेको नेप्से आज पुनः सुधारिएको हो । यस दिन पनि कारोबार भने ३ अर्ब तलै सीमित रह्यो । व्यापार बाहेक कारोबार भएका अरु सबै समूहमा हरियाली छायो ।

उत्पादनमूलक समूहमा सबैभन्दा उच्च १ सय ५ अंकको बृद्धि आयो । अरु पनि अधिकांश समूहमा दोहोरो अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको ५८ लाख बढी कित्ता शेयर २ अर्ब ७७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।