काठमाडौं, १८ असोज । स्वास्थ्य बीमाअन्तर्गत सेवा दिन सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न थालेसँगै स्वाथ्य बीमा बोर्डले बाँकी भुक्तानी दिन थालेको जनाएको छ । बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा बापतको सेवा दिने स्वास्थ्य संस्थाले भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्न थालेकाले क्रमशःभुक्तानी दिन थालिएको बताउनुभयो…