सरकारले तोक्यो बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष

सरकारले तोक्यो बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष


काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा महेश थापा र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा लीलादेवी गडतौलालाई नियुक्त गर्ने गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्थीसुब्बा गुरुङले सो जानकारी दिनु भएको हो । अध्यक्ष थापा संखुवासभा र गडतौला तेह्रथुम हुनुहुन्छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग

महेश थापा (संखुवासभा) अध्यक्ष

सदस्यहरू

अच्युत प्रसाद भण्डारी (जाजरकोट)

डा। टीका प्रसाद ढकाल (पाँचथर)

पदम बहादुर शाही (जुम्ला)

कुमारी कौशल्या ओझा (कन्चनपुर)

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग

लीला देवी गड्तौला (तेह्रथुम) अध्यक्ष

सदस्यहरू

गोपाल नाथ योगी (सल्यान)

अग्नी प्रशाद थपलिया (झापा)

सृजना पोख्रेल (काठमाडौँ)

बिनिता नेपाली (कास्की)