अष्ट्रेलियाको क्वीन्सल्याण्डको तटीय क्षेत्रमा केही समयपछि चक्रवात अल्फ्रेड प्रवेश गर्दैछ । यसबीचमा सरकारले तटीय क्षेत्रमा नजान आदेश जारी गरेपछि केही व्यक्तिहरु त्यहाँ फोटो खिच्न र भिडियो बनाउन पुगिरहेको सामाजिक सञ्जालमा भेटिएपछि अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । गोल्ड कोष्टका समुन्द्री तटहरु सर्वसाधारणका लागि बन्द गरिएको छ । सरकारी अधिकारीहरुले यी ठाउँबाट टाढै रहन चेतावनी जारी…