गजल मुशायरा मेलबर्न २०२५ हुँदै, २५ गजलकार आफ्नो सिर्जनासहित तयार

मेलबर्न, अष्ट्रेलिया । आगामी मे ३ तारिख शनिबार मेलबर्नमा गजल मुशायराको १५ औं संस्करण हुने भएको छ । साईनो फंक्सन सेन्टरमा हुन लागेको मुशायरामा २५ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । गजल मुशायरा मेलबर्नका कार्यक्रम संयोजक लक्ष्मण सन्जेलका अनुसार प्रत्येक गजलकारले दुईवटा गजल वाचन गर्नेछन्, जसअनुसार…