आज गभर्नर जनरललाई ओहोदाको प्रमाणपत्र बुझाउँदै नेपाली राजदूत चित्रलेखा यादव

क्यानबेरा, अष्ट्रेलिया ।अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आज आफ्नो ओहोदाको प्रमाणपत्र यहाँका गभर्नर जनरल समक्ष बुझाउँदैछिन् । गभर्नर जनरलको कार्यालयमा आयोजना गरिने विशेष समारोहमा राजदूत यादवले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश पनि यहाँका राष्ट्रप्रमुख समक्ष बुझाउनेछिन् ।अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध स्थापनाको ६ दशकभन्दा लामो समय अवधिमा पूर्वमन्त्री एवं पूर्वसभामुखलाई नै राजदूतको रुपमा पठाइएको पहिलो पटक…