हामी नेपालीका सुदन गुरुङ बेल्दै गर्दा होहल्लाले पत्रकार सम्मेलन विथोलियो

हामी नेपालीका सुदन गुरुङ बेल्दै गर्दा होहल्लाले पत्रकार सम्मेलन विथोलियो


काठमाडौं । पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्न उपस्थित भएका हामी नेपालीका संस्थापक सुदन गुरुंगले आफु नेपाली भएको बताएका छन् । उनले आफुलाई भारतीय भनेर फैलाइएको हल्लामा विश्वास नगर्न पनि अनुरोध गरेका छन् । विभिन्न संस्थाहरुसँग जोडेर गरिएको प्रचारले आफु मर्माहत रहेको उनले पत्रकार सम्मेलनमा बताए ।

उनले पत्रकार सम्मेलनमा बोल्दै संसद जलाउने घटना हुँदा आफुहरु बानेश्वरमा नै रहेको । तर, हिंसात्मक काम गर्नेहरुलाई रोक्न खोज्दा नसकेर थाकेर बाहिर निस्किएको उनले बताएका छन् । देशभरमा ९२ वटा च्याप्टर रहेको र उनीहरु सबै जेन्जी भएको उनले बताए । धनगढीमा हामी नेपालीकै कार्यकर्ता पनि घाइते भएको उनले दावी गरे ।

पत्रकार सम्मेलनमा एक प्रश्नकर्ताले संसद विघटन गरेर देशलाई भड्खालोमा हालेको भन्दै बोलेपछि स्थिति तनावपूर्ण बनेको थियो । सुशीला कार्कीलाई किन ल्याइएको भन्दै उनीहरुले होहल्ला गरेका थिए । यसैक्रममा हामीलाई थर्काएको भन्दै अर्को समूह उठेपछि पत्रकार सम्मेलन सकिएको थियो ।