धरधरी रुँदै हर्कले भने, प्रधानमन्त्री मन्त्रीको नाम दूतावासले दिँदो रहेछ !

धरधरी रुँदै हर्कले भने, प्रधानमन्त्री मन्त्रीको नाम दूतावासले दिँदो रहेछ !



काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले काठमाडौँबाट फर्किएलगत्तै धरानमा पत्रकार सम्मेलन गरेका छन् । भावुक रुपमा उपस्थित भएका उनले देश विकास गर्न गएको भन्दै गर्दा भक्कानिए ।

जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौँदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको बताएका छन् । ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय गर्ने रहेछ,’ साम्पाङले भने, ‘यो आन्दोलन सुशासन वा सोसल मिडियाकै लागि मात्रै नभएको पाएँ।’

साम्पाङले आफूले देशकै लागि जोखिम मोलेको भन्दै आफूलाई गोली लाग्न सक्छ भन्ने थाहा हुँदा हुँदै पनि लागे लागोस् भन्ने अवस्थामा आफू जेनजीको मागको आधारमा काठमाडौँ गएको बताए।

आन्दोलनको दिन २३ र २४ गते हर्क धरानमा थिए। २५ गते उनी बिहानै काठमाडौँ गएका थिए। उनले भने, ‘यो देश रह्यो भने मात्र हामी रहन्छौँ भन्ने भावनाले म जङ्गी अड्डासम्म पुगेको थिएँ। मलाई दिएनन् ।’ आफुलाई एक लाख मानिसहरुले फोन गरेर काठमाडौं जाउ भनेपछि गएको पनि उनले स्पष्ट पारे ।

साम्पाङका अनुसार जेनजी पुस्ताले देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्ने माग राखेका थिए। एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको भन्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए ।