पर्थ, वेष्टर्न अष्ट्रेलिया ।
वेष्टर्न अष्ट्रेलियाका प्रिमियर रोजर कुकले नेप्लीज कम्युनिटी ईन वेष्टर्न अष्टे्रलिया नावालाई एक पत्र लेख्दै नेपालमा हालै भएको आन्दोलनको क्रममा ७० भन्दा बढी नेपाली युवाहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । नावा मार्फत वेष्टर्न अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई सम्बोधन गरिएको उक्त पत्रमा वेष्टर्न अष्ट्रेलियाको विकास र बहुसांस्कृतिक समाजमा नेपालीहरुको महत्वपूर्ण योगदान रहेको पनि उल्लेख गरिएको छ । साथै या कठीन घडीमा एकअर्कासँग हातेमालो गर्न पनि उनले सुझाएका छन् ।

प्रतिक्रिया