मलेसिया विरुद्धको चौथो खेलमा नेपाल विजयी

मलेसिया विरुद्धको चौथो खेलमा नेपाल विजयी


नेपालले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ।

मलेसियामा आज सम्पन्न खेलमा ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान इन्दु बर्माले ३९ बलमा अविजित ४८ रन प्रहार गरिन् भने रुबिना क्षेत्रीले २३ रनको योगदान दिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो। उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन्। नेपालकी कविता कुँवरले ३ विकेट लिँदै चम्किएकी थिइन् भने पूजा महतो र कविता जोशीले समान १–१ विकेट हात पारे।

यो जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ। पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले जितेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले हार मान्नु परेको थियो। शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ।