टी २० विश्वकप क्रिकेटमा नेपालको दोश्रो खेल, कमजोर टिम ईटालीसँग आमने-सामने

काठमाडौँ । तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपाल यसपटक पहिलो खेलमा टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै अन्तिमा चार रनले स्तब्ध बन्यो । पहिलो खेलमा सानदार प्रदर्शनसहित जित नजिक पुगेर हार खेपेको नेपालले समूहको दोस्रो खेल बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र इटालीबिचको खेल बिहीबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा ३:१५ बजे सुरु हुने…