अर्थमन्त्री रामेश्वर खनालले बुझाए रातो पासपोर्ट !

अर्थमन्त्री रामेश्वर खनालले बुझाए रातो पासपोर्ट !



काठमाडौं । अन्तरिम नागरिक सरकारका अर्थमन्त्री रामेश्वर खनालले उदाहरणीय काम गर्दै सत्ता बहिर्गमनको तयारी थालेका छन् । खनालले सुरुमै आफुले पाएको रातो पासपोर्ट फिर्ता गरेका हुन् । यही पासपोर्टमा उनले अमेरिकाको भ्रमण गरेका थिए । सरकार बन्ने बित्तिकै त्यसअघि नै तय भएको बैठकमा भाग लिन अमेरिका गए बाहेक अन्यत्र उनी गएनन् ।

अहिले सरकारको चुनाव गराउने काम सकिएको र केही दिनमा नै नयाँ प्रधानमन्त्रीका रुपमा सपथ हुने भएका कारण आफ्नो मन्त्रालयमा रहेका कामहरु सकाउँदै उनले बिदावारीको तयारी थालेका हुन् । अर्थमन्त्रीले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै आफ्नो नामको डिए ०००२७१० नम्बरको राहदानी परराष्ट्र मन्त्रालय,राहदानी विभागमा फिर्ता पठाइदिन अनुरोध गरेका हुन् ।

सामाजिक सञ्जालमा मन्त्री खनालले जिम्मेवारीबाट अलग हुने क्रममा सरकारी सम्पत्ति सरकारी निकायलाई बुझाएको उल्लेख गरेका छन् ।
यी खनाल तिनै हुन् जसले गगन थापासँग मिलेर राज्य सञ्चालन कसरी गर्ने, प्रभावकारी सञ्चालनको आधार के लगायतका विषयमा प्रोजेक्ट गभर्मेन्टमा योगदान गरेका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला अर्थ मन्त्रीका रुपमा चर्चित बनेका खनालले बाबुरामले पार्टीमा आउनका लागि गरेको आग्रह अश्वीकार गरेका थिए । तर, काँग्रेसबाट चुनावमा लड्न चाहेको बेला देउवाले उनलाई काँग्रेसको सांसदमा उठाउन अस्वीकार गरेका थिए ।
कर्मचारी क्षेत्रबाट आएका भएपनि उनी विश्व अर्थतन्त्र बुझेका र मुख्यत राज्यको स्वरुप र यसले दिने कामको डेलिभरीका सवालमा निकै नै बुझेको मानिन्छन् । अहिले अर्थमन्त्रीलाई आगामी सरकारमा पनि निरन्तरता दिनका लागि अनुरोध गर्नुपर्ने आवाज सार्वजनिक मञ्चहरुमा उठ्न थालेको छ ।