देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, स्पष्ट बहुमत आउने अवस्था !

देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, स्पष्ट बहुमत आउने अवस्था !


काठमाडौं ।

नेपालमा बिहीबार भएको चुनावको नतिजा प्राप्त हुँदैगर्दा धेरै ठाउँमा घन्टी चुनाव चिन्ह लिएर उठेका उम्मेद्वारहरुको अग्रता देखिएको छ । काठमाडौं १, ८ सहित कतिपय ठाउँमा विजयी घोषणा भइसकेको भएपनि अधिकांश ठाउँमा मतगणना चलिरहेको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नाम चलेका ठूला नेताहरु धेरै ठाउँमा पछि परेका छन् । मतान्तर बढ्दै जाँदा उनीहरु पराजित बन्ने निश्चित देखिन्छ । बालेन साहले केपी शर्मा ओलीलाई पराजित गर्ने निश्चित जस्तै देखिन्छ भने नेपाली काँग्रेसका सभापति गगन थापा पनि रास्वपाका अमरेशकुमार सिंहसँग पछाडी परेका छन् । उता माधव कुमार नेपालको अवस्था पनि निकै निरासाजनक देखिन्छ । शीर्ष नेताहरुमा प्रचण्ड अगाडि देखिएका छन् ।

हालसम्म घोषणा भएका केही विजेता

काठमाडौं–१: Ranju Darshana (राष्ट्रिय स्वतन्त्र पार्टी) विजयी

काठमाडौं–७: Ganesh Parajuli (राष्ट्रिय स्वतन्त्र पार्टी) विजयी

काठमाडौं–८: Biraj Bhakta Shrestha (राष्ट्रिय स्वतन्त्र पार्टी) विजयी

मुस्ताङ: Yogesh Gauchan Thakali (नेपाली कांग्रेस) विजयी